News

अहिले बनाईएको पुतलीमा प्रयोग गरिएको सबैभन्दा ठूलो टालो कुन हो?

अहिले बनाईएको पुतलीमा प्रयोग गरिएको सबैभन्दा ठूलो टालो कुन हो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शब्द बाँण मार्फत विपक्षीलाई तह लगाउन निपुर्ण छन् । उखान र टुक्का प्रयोग गरेर ओलीले जव भाषण सुरु गर्छन, दर्शकहरु हाँसेर मुर्छा पर्छन। तर, विपक्षी भने उनको भाषणले हायल–कायल हुन्छन्।

मंसिर ४ गतेको निर्वाचन पुर्व मुलुकमा ५ दलिय गठबन्धनको सरकार थियो। मोआवादी केन्द्रसहित नेपाली कांग्रेसले नेतृत्व गरेको उक्त सरकारलाई ओलीले पुतलीको संज्ञा दिन्थे। उनले ‘गठबन्धन टालाटुली बटुली बनाएको पुतलीजस्तै’ भन्दै आलोचना गर्थे र धेरै दिन नटिक्ने दावी गर्थे।

यो उदाहरणले उनले कयौं ठाउँमा दिएका छन् । यद्यपी गठबन्धन निर्वाचनसम्मै चल्यो। तर, निर्वाचनको परिणामका आधारणमा कुनै एक दलले सरकार वनाउनै नसक्ने अवस्था आयो र दलहरु तानातानको अवस्थामा पुगे।

अन्ततः पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सर्तमा नेकपा एमालेले माओवादी केन्द्रलाई गठबन्धनबाट चोईट्यायो र ७ दलको अर्को गठबन्धन वनायो। कांग्रेससँगको गठबन्धन भत्काउन ओली सफल भए। अहिलेको गठवन्धनको अवस्था भने उनले भन्ने गरे जस्तै ‘टालाटुली वटुली...’ भने जस्तै छ।

पुतलीको सवैभन्दा ठुलो टालो भने नेकपा एमाले नै हो। अव ओलीले कतिदिनसम्म टालाटुली बटुलीको पुतलीलाई टिकाएर राख्न सक्छन् त्यो भने हेर्न वाँकी छ।
 

विशेष