News

काठमाण्डौंबाट ६८ यात्रु बोकेर उडेको यतिको विमान पोखरामा दुर्घटना

काठमाण्डौंबाट ६८ यात्रु बोकेर उडेको यतिको विमान पोखरामा दुर्घटना

पोखरामा यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जहाज दुर्घटना भएको बताए ।

उनका अनुसार पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । जहाजमा आगो लागेको छ र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए।

विशेष