News

जहाज दुर्घटनामा ३० जनाको शव निकालियो, सिडिओ भन्छन्– जिवित भेटिने सम्भावना छैन

जहाज दुर्घटनामा ३० जनाको शव निकालियो, सिडिओ भन्छन्– जिवित भेटिने सम्भावना छैन

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

आइतबार बिहान भएको दुर्घटनामा अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार कोही जिवित भेटिने सम्भावना छैन।

जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसा पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन। ‘शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने। 

जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा आगो लागेको छ। पोखरा–१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
 

विशेष