News

दुर्घटनाग्रस्त विमानमा ५ भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रु रहेको पुष्टि

दुर्घटनाग्रस्त विमानमा ५ भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रु रहेको पुष्टि

पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए । दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो । 

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो। काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको थियो। जहाज पाइलट कमल केसीले उडाएका थिए।

चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि खसेको हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।

पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेर अर्को दुर्घटना जोगाउन हरसम्भव प्रयास गरेको उनीहरुको भनाई छ।

उनीहरुका अनुसार प्लेन जमिनमा बजारिने बेलामा ठूलो आवाज आएको थियो। 
 

विशेष