News

पोखरामा रमाईलो गर्न हिडेकी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त विमानमा

पोखरामा रमाईलो गर्न हिडेकी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त विमानमा

एकदिन अघि मात्रै ‘भोली पोरामा रमाईलो गर्नुपर्छ’ भन्दै फेसवुकमा स्ट्याटस लेखेकी दोहोरी गायिका निरा छन्त्यालसमेत आईतवारको विमान दुर्घटनामा परेको खुलेको छ। पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ।

गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रुहरूको सूचीमा उनको नाम समावेश छ । उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् ।

उनले चार घण्टा अगाडि मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् । यसै गरी, हिजो उनले ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन् । बाग्लुङ घर भएकी गायिका छन्त्यालको नाम यात्रु सूचीको ११ नम्बरमा छ।

गायिका छन्त्याल लाइभ दोहोरीमा चलेकी कलाकार हुन् । 

विशेष