News

मन्त्रालयहरुको भागवण्डा टुंग्याउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

मन्त्रालयहरुको भागवण्डा टुंग्याउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

मन्त्रालयहरुको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्न लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आफ्नो निवासमा बोलाएका हुन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागबण्डाबारे बालकोटमा निर्णायक छलफल भएको थियो । छलफलमा भएको समझदारीलाई सत्तारुढ दलहरुको वैठकबाट निर्णय गराउने प्रधानमन्त्रीको तयारी छ ।

स्रोतका अनुसार दलहरुले पाउने मन्त्रालयको टुंगो लगाएर आजै नाम बुझाउने तयारी छ। १० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहालले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए।

बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको छ। सोमबार प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गरेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ५ घण्टा बढी छलफल गरेपछि प्रधानमन्त्री दाहालले मन्त्रिमण्डलले सोमबार बेलुकासम्म पूर्ण पाउने बताएका थिए। 

विशेष