पोखरा विमान दुर्घटनाः ४ जना अझै भेटिएनन्, पहिचान भएका शव जिम्मा लगाईदै
आईतवार विहान पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी भईरहेको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर पहिचान भएका शव आजै आफन्तलाई जिम्मा लगाइने छ। पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको उनले बताए ।
दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना थिए । ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । केही शव दुर्घटनास्थलबाट निकाल्न कठिनाइका भएको छ भने ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्।
रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन। आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ।
यो पनि,
- श्रीमान प्लेन दुर्घटनामा परेपछि पाईलट कोर्ष गरेकी अञ्जु, पाईलट वन्ने अन्तिम उडानमै परिन दुर्घटनामा
- विमान दुर्घटनामा पर्नबाट भाग्यले जोगिए गायक पशुपति शर्मा
- पोखरामा रमाईलो गर्न हिडेकी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त विमानमा
- दुर्घटनाग्रस्त विमानमा ५ भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रु रहेको पुष्टि
- जहाज दुर्घटनामा ३० जनाको शव निकालियो, सिडिओ भन्छन्– जिवित भेटिने सम्भावना छैन
- काठमाण्डौंबाट ६८ यात्रु बोकेर उडेको यतिको विमान पोखरामा दुर्घटना