News

फेरी दिल्ली पुगिन आरजु, के छ तानाबाना ?

फेरी दिल्ली पुगिन आरजु, के छ तानाबाना ?

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पत्नि एवम कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार भारत पुगेकी छिन्। उनी माघ ४ गते मात्रै स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी आरजु फलोअपका लागि नयाँदिल्लीस्थित अस्पताल गएको उनको सचिवालयले जनाएको छ। ‘उहाँ फलोअपका लागि जानुभएको हो। सोमबार अस्पतालमा परीक्षण गर्ने तयारी छ। माघ ४ गते स्वदेश फर्कने कार्यक्रम छ।’–सचिवालय स्रोतले भन्यो।

गत साउनमा आरजुको दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरसम्बन्धी शल्यक्रिया गरिएको थियो। उनले नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट गर्ने वा नगर्नेबारे जानकारी नभएको आरजुको सचिवालयका एक सदस्यले बताए।

तर, उनी हरेक पटक भारत जाँदा राजनीतिक तानाबान वन्ने भएकाले उनको भ्रमणलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ। 
 

विशेष