News

प्रचण्डसँग एमाले नेता शशंकित, ओलीलाई भेट्न वालकोट पुगेका प्रचण्ड

प्रचण्डसँग एमाले नेता शशंकित, ओलीलाई भेट्न वालकोट पुगेका प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वालकोट पुगेका छन्।  अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ।

संसदबाट विश्वासको मत लिएपछि दाहाल दोस्रोपटक बालकोट पुगेका हुन्। मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न उनी बालकोट पुगेको स्रोतले बताएको छ। प्रधानमन्त्री दाहालले आइतबार साँझसम्मै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए।

यद्यपि यती एयर विमान दुर्घटनापछि दाहालका सबै कार्यक्रम रद्द भएको थियो। एमाले अध्यक्ष ओलीसँगकै सल्लाहमा दाहालले आफूलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका छन्।

दुई नेताबीच घेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् । सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्रीको छ ।

जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ । दाहालले आफूलाई कांग्रेसलगायतका दललेसमेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसित समेत छलफल गर्नुपर्ने बताएपछि एमाले नेताहरु शसंकित भएका छन् ।

यसकारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ । 
 

विशेष