दुर्घटनाको १५ दिनअघि नै पाईलट केसीले देखेका थिए यस्तो चुनौती
आईतवार विहान पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसी निकै अनुभावी थिए। उनी प्रशिक्षक पाइलट हुन्। उनीसँग क्याप्टेन अनुभव ३५ वर्ष लामो थियो।
यसअघि धेरै पाइलटलाई क्याप्टेनका लागि प्रशिक्षण दिएका उनै केसी र कोपाईलट अञ्जु खतिवडाले उडाएको विमान आईतवार पोखरामा दुर्घटनाग्रस्त भयो। दुर्घटनाको कारण खुलेको छैन, तर पाईलट केसीले यसको संकेत भने १५ दिन अघि नै गरेका थिए।
२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतीको यसै जहाजले डेमो उडान गरेको थियो । उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।
पहिलो पटक विमान अवतरणका क्रममा नै पाईलट केसीले पोखरा विमानस्थलमा जोखिम रहेको बताएका थिए। पत्रकारसँगको अन्तर्वार्ताका क्रममा उनले अन्तराष्ट्रिय विमानस्थलमा तुलनात्मक रुपमा पोखरा केही जोखिम भएको वताएका थिए । ‘अन्तराष्ट्रियमा, अन्त त्यति डाँडाकाँडा हुँदैन, यहाँ चै वरिपरी सवै डाँडाकाँडा छ। अरु एयरपोर्ट हेरिकन अलिकती गाह्रो छ यहाँ’ उनले भनेका थिए–‘रनवेको लम्वाई पनि छोटो छ, वाहिरको लम्वाई अलि ज्यादा हुन्छ। यहाँ चै ८ हजार फिट मात्रै छ। वाहिर चै १० हजारभन्दा वढि हुन्छ। काठमाण्डौं पनि १० हजार फिट हो। डाँडाकाडाले गर्दा अलिकति डिस्टर्व छ, अलिकति गाह्रो छ यहाँ।’
उनको यो भनाईले आईतवारको विमान दुर्घटनामा प्राविधिक पक्षले पनि काम गरेको देखाएको छ। किनकी पाईलट केसी निकै अनुभवी मानिन्छन्। काठमाडौंको बुढानिलकण्ठका बासिन्दा ६० वर्षिय केसी अमेरिकाबाट पाइलट पढेर आएका हुन। ०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए । उनी अनुभवी पाइलट मात्रै थिएनन्, पाइलटका प्रशिक्षक पनि थिए ।
एक हप्ताअघि मात्रै थाइल्यान्डमा पाइलटहरुलाई प्रशिक्षण दिएर नेपाल फर्किएका थिए । ६५ वर्ष उमेर हद भए पनि उनी अर्को वर्ष अवकाश लिएर परिवारलाई समय दिने योजनामा थिए । परिवारको जेठो सदस्य रहेका कमल पाइलट बन्दा माइलो भाइ इन्जिनियर र कान्छो डाक्टर बने । केसी कास्कीको रुपा गाउँपालिकाका बासिन्दा हुन् । उनको जन्म २०१९ सालमा रुपाको पोल्याङमा भएको थियो । हाल पोखरा महानगरपालिका–३, तेर्सापट्टीमा उनको घर छ । तर, अधिकांश समय उनी काममै हुने भएकाले परिवारसहित काठमाडौं बस्दै आएका थिए ।
यो पनि,
- ब्ल्याक बक्सको खोजी सुरु, यसरी पत्ता लाग्छ विमान दुर्घटनाको कारण
- रनवे परिवर्तन गर्न खोज्दा यसरी सेतीको खोँचमा खस्यो यतीको विमान
- पोखरा विमान दुर्घटनाः ४ जना अझै भेटिएनन्, पहिचान भएका शव जिम्मा लगाईदै
- श्रीमान प्लेन दुर्घटनामा परेपछि पाईलट कोर्ष गरेकी अञ्जु, पाईलट वन्ने अन्तिम उडानमै परिन दुर्घटनामा
- विमान दुर्घटनामा पर्नबाट भाग्यले जोगिए गायक पशुपति शर्मा
- पोखरामा रमाईलो गर्न हिडेकी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त विमानमा
- दुर्घटनाग्रस्त विमानमा ५ भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रु रहेको पुष्टि
- जहाज दुर्घटनामा ३० जनाको शव निकालियो, सिडिओ भन्छन्– जिवित भेटिने सम्भावना छैन
- काठमाण्डौंबाट ६८ यात्रु बोकेर उडेको यतिको विमान पोखरामा दुर्घटना