News

जसले आफनै ८ वर्षीय भान्जाको घाँटी रेटेर भगवानलाई बली चढाए

जसले आफनै ८ वर्षीय भान्जाको घाँटी रेटेर भगवानलाई बली चढाए

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफनै ८ वर्षीय भान्जा भिजन घर्तीको घाँटी रेटेर हत्या गरी भगवानलाई वली दिएका छन् । पुरीले भान्जाको हत्या गरी घरको आँगनमा रहेको मन्दिरमा बली दिएका हुन।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार पुरीले खुर्पाले बालकको घाँटी रेटेको पाईएको छ। ‘स्थानीयहरुलाई बुझ्दा पुरीको मासिक सन्तुलन ठीक नभएको बताएका छन्’ श्रेष्ठले भने–‘हामीसँगको प्रारम्भिक बयानमा देवीदेवताले मागेको भन्दै बलि दिएको उनले भनेका छन्।’

अहिले नै घटनाकाबारेमा केही भन्न सकिने अवस्था नभएपनि पुरी मानसिक रोगी हो÷होइन अनुशन्धान भईरहेको उनको भनाई छ। घटना घटेलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो। 

पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए।
 

विशेष