निर्मला पन्त हत्या प्रकरणः छानविन समिति संयोजकको सरुवा, अन्यौलमा अनुशन्धान

कन्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको प्रकरण अनुशन्धान गरिरहेको छानविन गरिरहेको समितिकी संयोजक डीआईजी दुर्गा सिंहको सरुवा भएको छ ।
संयोजक सिंहको सरुवा भएपछि अनुसन्धानमा अन्यौलता बढेको छ । सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा गरिएको छ । गृहमन्त्रालयले गत साता सीआईबीबाट सिंहको सरुवा गरेको हो । छानबिन सुरु गर्नु अघि समितीले हालसम्म यस घटनाको अनुसन्धानमा खटिएका अधिकृतलाई बोलाएर छलफल गरेको थियो ।
समितिले हालसम्म थप ५ जनाको डीएनए संकलन गरेर परिक्षणका लागि पठाइएको छ । सिंहको नेतृत्वमा गठन भएको छानबिन समितिले कन्चनपुर पुगेर पाँचजनाको डीएनए संकलन गरेको हो ।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा हालसम्म एक सयभन्दा बढीको डीएनए परीक्षण भइसकेको छ । मृतक पन्तको भेजिनव स्वाबमा भेटिएको डीएनए प्रोफाइलसँग म्याच नभएपछि यो घटना प्रहरीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।
२०७५ साउन ११ गते निर्मलाको शव स्थानीय उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो । उनी अघिल्लो दिन साथीको घरमा जान्छु भन्दै निस्किएकी थिइन् । सीआईबी नेतृत्वको छानबिन टोलीले करिब एक महिनापछि स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा प्रस्तुत गरेपनि डीएनए नमिलेपछि उनि छुटेका थिए ।
त्यसयता डीएनए मिल्ने व्यक्तीको खोजीमा रहेको प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । त्यसयता सीआईबी र प्रहरी प्रधान कार्यालयले निरन्तर अनुसन्धान टोली परिचालन गर्दै आएको छ ।
यो पनि,
- निर्मला पन्तको हत्या प्रकरणमा कसरी जोडिए भारतीय नागरिक ?
- निर्मला पन्त हत्या प्रकरणः डिएनए परिक्षण गर्न २ जनाको रगत संकलन
- ७७ प्रहरी अधिकृत फेल भएको निर्मला पन्त हत्या प्रकरणमा डिआईजी नेतृत्वमा अर्को टोली
- रवि लामिछानेलाई पार लगाउलान निर्मला पन्त हत्या प्रकरण ?
- गृहमन्त्री थापामाथि संग्रौलाको गम्भिर आरोप– निर्मला पन्तको हत्यामा संलग्नता