News

यतिको विमान दुर्घटनाले चिनियाँ निर्माण कम्पनी माथि उठ्यो प्रश्न

यतिको विमान दुर्घटनाले चिनियाँ निर्माण कम्पनी माथि उठ्यो प्रश्न

यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको विमान आईतवार विहान पोखरामा दुर्घटना दुर्घटना भयो। १५ जना विदेशी नागरिक र ४ जना चालक दलका सदस्यसहित ७२ जना दुर्घटनामा परे। अधिकांशको ज्यान गएको पुष्टि भएको छ भने केही ब्यक्ति अझै बेपत्ता छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै भएको यो दुर्घटना आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना हो। यो दुर्घटनाले दुई साताअघि सन् २०२३ जनवरी १ मा मात्रै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति प्रश्नचिह्न उठ्ने खतरा बढेको छ।

खास गरी विमानस्थलको भौतिक पूर्वाधारको विषलाई लिएर विभिन्न टिकाटिप्पणी भईरहेका छन् । पोखरा विमानस्थलमा डेमो उडान गरेका र यति एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाईलट कमल केसीले पनि विमानस्थलको मापदण्डका विषयमा प्रश्न उठाएका थिए। पहिलो पटक विमान अवतरणका क्रममा नै पाईलट केसीले पोखरा विमानस्थलमा जोखिम रहेको बताए र दुर्घटनामा उनैले ज्यान गुमाए।

पत्रकारसँगको अन्तर्वार्ताका क्रममा उनले अन्तराष्ट्रिय विमानस्थलमा तुलनात्मक रुपमा पोखरा केही जोखिम भएको वताएका थिए । विमानस्थलको वरिपरी डाँडाकाँडा र रनवेको लम्वाई छोटो रहेका  कारण विमान अवतरणमा जोखिम रहेको उनको भनाई थियो। उनका अनुसार सामान्यतया अन्तराष्ट्रिय विमानस्थलको रनवे १० हजार फिटभन्दा लामो हुन गरेपनि पोखरा विमावनस्थल ८ हजार फिट मात्रै छ। त्यसमाथि वरिपरीबाट डाँडाकाडाले घेरेका कारण विमान अवतरणमा डिस्टर्व हुने गरेको उनको भनाई थियो।

उनको यो भनाईले आईतवारको विमान दुर्घटनामा विमानस्थलको भौतिक पाटोले पनि काम गरेको देखाएको छ। विमान दुर्घटनासँगै विमानस्थल निर्माण कम्पनीको इन्जिनियरिङ पक्ष कमजोर देखिएको जानकारहरु वताउँछन् । अन्तराष्ट्रिय विमानस्थल भनेर निर्माण सुरु गरेपछि रनवे ८ हजार फिटमा सिमित गरिनु आफैमा आश्चर्यजनक भएको उनीहरु वताउँछन्।

यो विमानस्थल चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले निर्माण गरेको हो। २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भएर पोखरा विमानस्थलको काम अघि वढेको हो । नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणबीच २०१९ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह ग–यो । झण्डै २२ अर्ब रुपैयाँ लागतमा सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण सुरु भएको थियो।

यस वाहेक विमानस्थल नजिकैको ल्यान्डफिल साइट व्यवस्थापनमा गरिएको ढिलाइ पनि आलोचनाको केन्द्रमा छ। ल्यान्डफिल साइटका कारण चराको खतरा उत्तिकै रहेको जानकारहरु वताउँछन् । 

अन्तर्राष्ट्रिय उडान विना नै अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको विषयमा पनि सामाजिक सञ्जालमा ब्यापक आलोचना भईरहेको छ। हुन त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहिलो दिन नै बुद्ध एयरले पोखराबाट भारतको वनारससम्म डेमो उडान तयारी गरेको थियो। तर त्यो बेलादेखि अहिलेसम्म पनि भारतले उडान स्वीकृति दिएको छैन। जसले गर्दा अन्तर्राष्ट्रिय उडानको बाटो खुलेकै छैन। त्यसबाहेक नेपालको हवाई आकाश असुरक्षित ठहर गर्दै युरोपेली संघ (इयु)ले नेपाली विमानलाई लगाएको प्रतिबन्ध अझै हटिसकेको छैन। 

पोखराको यो विमानस्थलसँग विशेषगरी पर्यटन क्षेत्रले विशेष आस गरेको छ। पोखरालाई सिधै अन्तर्राष्ट्रिय गन्तव्यसम्म जोड्न सकिने र त्यसले पोखरामा विदेशी पर्यटक भित्र्याउने अपेक्षा पोखराको छ। तर आइतबारको दुर्घटनापछि केही आशंका देखिएको छ। आईतवारको दुर्घटनापछि विमानस्थलले नामको मात्र अन्तर्राष्ट्रिय मान्यता पाउने तर उडान सबै आन्तरिक मात्र हुने पो हो कि भनेर आशंकाहरु वढेका छन्।

यो पनि,

विशेष