बलात्कार मुद्दामा पल शाहले सफाई पाए !
बालिका बलात्कारको आरोपमा कारागारमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबारको पेशीमा उनलाई सफाई दिईएको हो।
जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । पल शाहका म्यानेजर कृष्ण जोशीले पनि सफाइ पाएका छन्।
एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय तोकेको छ। यसैगरी पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुने छैनन् । हाल उनी जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गर्न जेलमा छन् ।