News

भड्किए सिके राउत, अब्दुल खानलाई मन्त्रीको सपथ ग्रहण गर्न दिएनन्

भड्किए सिके राउत, अब्दुल खानलाई मन्त्रीको सपथ ग्रहण गर्न दिएनन्

सीके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले सपथ ग्रहण कार्यक्रम वहिस्कार गरेका छन्। मंगलबार थपिएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा उनी उपस्थित भएनन्।

जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने पूर्वसहमति लत्याएर खानेपानी मन्त्रीमा नाम पठाएपछि उनी सपथ ग्रहणमा अनुपस्थित भएका हुन। प्रधानमन्त्री पुष्पकमल दाहालले खानको नाम खानेपानी मन्त्रीमा राखेर राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको सूची पठाएका थिए ।

तर जनमतले उक्त पद अस्वीकार गरेको हो । प्रधानमन्त्री दाहालसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ । यो प्रकरणपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वसेको सर्वदलीय बैठकमा समेत जनमत पार्टीका अध्यक्ष सीके राउत सामेल भएनन्।

जनमत पार्टीका नेताहरुले काठमाडौंमा मात्रै नभई मधेश प्रदेशमा समेत आफूहरुसँगको सहमतिबाट सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्र पछि हट्ने सन्देह भएको बताएका छन् । प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन् भने मधेश प्रदेशमा १३ सिट छ ।

मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल चलाउने सहमति भए पनि एमाले र माओवादी केन्द्र त्यसभन्दा पछि हट्न सक्ने आशंका जनमत पार्टीले गरेको छ । प्रधानमन्त्रीले अहिलेको ‘त्रुटि’ सच्याउन चाहेमा आफ्नो असन्तुष्टि र आगामी रणनीतिबारे पुनर्विचार गर्न सकिने जनमत पार्टीले बताएको छ ।

विशेष