तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री
![तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/toshima-karki-bc0ea.jpg)
तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाउँदा उनको भागमा स्वास्थ्य मन्त्रालय परेको हो।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।
यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने लामिछानेले जानकारी दिएका छन्।