News

प्रचण्ड नेतृत्वको सरकारबाट जसपा वाहिरियो, यस्तो छ कारण

प्रचण्ड नेतृत्वको सरकारबाट जसपा वाहिरियो, यस्तो छ कारण

पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट जसपा वाहिरिएको छ। भागवण्डामा असन्तुष्टि जनाउँदै जसपाले सरकारमा नजाने निर्णय गरेको हो।

आफूहरूले चित्तबुझ्दो भाग नपाएको भन्दै जनता समाजवादी पार्टीका नेता असन्तुष्ट बनेका छन । आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताए। यादवले जसपालाई सरकारमा उपेक्षा गर्न खोजिएको गुनासो गरे ।

सोमवार बसेको सत्तारुढ दलहरूको बैठकमा आफूहरूलाई सम्मानित व्यवहार नगरिएको उनको भनाइ छ । ‘अब सबै प्रचण्डमाथि निर्भर छ,’ यादवले भने, ‘हामीसँग कुनै समझदारी भएको छैन । तत्काल हामी सरकारमा सहभागी हुँदैनौ ।’

हिजोको बैठकमा जसपालाई दुईवटा मन्त्रालय दिने अफर गरिएको थियो । त्यो पनि अरूले रोजेर बाँकी बसेको मन्त्रालय दिन खोजिएको यादवले बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राजनीतिक नियुक्तिहरू, संवैधानिक नियुक्तिहरू लगायतका विषयमा छलफल हुनुप¥यो’ उनले भने–‘प्याकेजमै सहमति हुनुप¥यो भन्ने हाम्रो माग हो । दोस्रो कुरा मन्त्रालयको बाँडफाँटमा पनि जसपालाई उपेक्षा गर्ने काम भयो । त्यसैले जसपा कसैको टाङमुनि छिरेर सरकारमा जाँदैन ।’

हिजोको बैठकमा यादवले राप्रपा बराबर तीनवटा मन्त्रालय पाउनुपर्ने माग गरेका थिए । उपराष्ट्रपति लगायतका संवैधानिक पदहरूमा पनि आफूहरूलाई भाग दिनुपर्ने उनको माग थियो । तर, नेताहरू त्यसमा सहमत नभएपछि यादव असन्तुष्ट भएर हिँडेका थिए ।

सरकारलाई दिएको समर्थनका विषयमा भने अहिले निर्णय नभएको यादवको भनाई छ। ‘अहिले हामी सरकारमा जाने अवस्था रहेन, कुरा यत्ति हो’ उनले भने–‘हामीलाई यसमा दुख पनि छैन ।’

विशेष