News

देशभर एकै पटक कसरी अवरुद्ध भयो नेपाल टेलिकमको सेवा ? 

देशभर एकै पटक कसरी अवरुद्ध भयो नेपाल टेलिकमको सेवा ? 

नेपाल टेलिकमको सेवा अवरुद्ध भएपछि देशभरका उपभोक्ता मारमा परेका छन्। ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्हदेखि नै अबरुद्ध भएको छ ।

उपभोक्ताहरुका अनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन । तर, उपभोक्ता भने आक्रोसित बन्दै गएका छन्।
 

विशेष