News

सर्वोच्चले आईजिपीबाट गलहत्याएका प्रधान यसरी बने कानुनमन्त्री

सर्वोच्चले आईजिपीबाट गलहत्याएका प्रधान यसरी बने कानुनमन्त्री

तत्कालिन सरकारको हठका कारण ९ महिने आईजिपी भएर सर्वोच्च अदालतको आदेशपछि हटाईएका ध्रुववहादुर प्रधान कानुन मन्त्री भएका छन् । राप्रपाबाट नवलपरासी २ मा उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रधान पहिलो पटक मन्त्री बनेका हुन।

प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेका थिए। लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले तत्कालिन आईजीपी अच्युतकृष्ण खरेललाई हटाएर प्रधानलाई आईजिपी बनाएको थियो गृहमन्त्री बामदेव गौतम रहेका वेला ०५३ चैतदेखि २०५४ मंसिरसम्म प्रधान नेपाल प्रहरीको आईजीपी रहेका थिए।

सर्वोच्च अदालतले ९ महिनापछि सरकारको उक्त नियुक्ति बदर गरेपछि खरेल आईजीपमा फर्किएका थिए । त्यसपछि प्रधान आईजीपीको जिम्मेवारीबाट हट्नुपरेको थियो । प्रधानको राजनीतिक यात्रा आईजीपीबाट हटेपछि सुरु भएको हो । २०५६ सालदेखि नै चुनावी मैदानमा उत्रिएका प्रधान ०५६, ०६४, ०७० को चुनावमा पराजित भएका थिए ।

०७४ को चुनावमा भने कांग्रेसका देवेन्द्रराज कँडेललाई सघाए । तर, उनी राजनीतिमा अविचलित रहे । ७४ वर्षीय प्रधान राप्रपाका उपाध्यक्षसमेत हुन् । प्रहरी सेवादेखि नै हक्की स्वभावका प्रधान आईजीपी पछि मन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।
 

ध्रुववहादुर प्रधान कानुन मन्त्री

विशेष