News खेल

मेस्सी र रोनाल्डोबीच विहिवार हुँदैछ भिडन्त, दुई वर्षपछि आमने–सामने

मेस्सी र रोनाल्डोबीच विहिवार हुँदैछ भिडन्त, दुई वर्षपछि आमने–सामने

विश्व फुटबलका हस्ती लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीच विहिवार भिडन्त हुँदैछ। एक मैत्रीपूर्ण खेलमार्फत विश्वभरका फुटबल समर्थकहरूले स्टार फरवार्डहरू मेस्सी र रोनाल्डोबीचको प्रतिस्पर्धा हेर्न पाउने छन्।

सन् २०२० को डिसेम्बरमा च्याम्पियन्स लिगको खेलमा भेट भएका दुवैको खेल त्यसको ठिक दुई वर्षपछि फेरी हुन लागेको थियो। त्यसबेला मेस्सी बार्सिलोना र रोनाल्डो युभेन्ट्समा थिए। यस पटकको खेलमा मेस्सीले फ्रान्सेली क्लब पीएसजीबाट र रोनाल्डाले साउदीको रियाद अल स्टार ११ बाट खेल्ने छन्।

खेल नेपाली समयअनुसार रातको १० वजेर ४५ मिनेटमा हुनेछ। यसै खेलका लागि भनेर एक साउदी व्यापारीले विश्व फुटबलमा हालसम्मकै महँगो टिकट किनेका छन्। उनले यस खेलको एक भीआईपी टिकटका लागि २ दशमलव ६ मिलियन डलर खर्च गरे। जसको नेपाली रुपैयाँ २१ करोड १४ लाख रुपैयाँ भन्दा माथि हुन्छ।

साउदी व्यापारी मुसर्रफ बिन अहमद अल घाम्दीले लिलाम बढाबढमा यो टिकट किनेका हुन्। यस टिकटबाट उठेको पैसा च्यारिटीको लागि हस्तान्तरण गरिने बताइएको छ। 

विशेष