News

नगरपालिकाका इन्जिनियर डेढ लाख घुस रकम सहित पक्राउ

नगरपालिकाका इन्जिनियर डेढ लाख घुस रकम सहित पक्राउ

सप्तरीमा कार्यरत एक इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन्। शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्। 

साह मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ परेका हुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

ईन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनले बताए। 
 

शम्भुनाथ

विशेष