News

घरभाडा नतिरेको भन्दै इलोन मस्क विरुद्ध मुद्दा

घरभाडा नतिरेको भन्दै इलोन मस्क विरुद्ध मुद्दा

अमेरिकी अर्बपति इलोन मस्कको ट्वीटर कम्पनीविरुद्ध घरभाडा नतिरेको भन्दै मुद्दा दायर भएको छ। अमेरिकाको सन्फ्रान्सिस्कोस्थित एक अदालतमा ट्वीटर कम्पनीविरुद्ध मुद्दा दायर भएको हो।

ट्वीटरले १ लाख ३६ हजार २५० डलर भाडा तिर्न बाँकी छ। यसअघि विश्वभरका ट्वीटर कार्यालयले पनि भाडा तिर्न नसकेको समाचार आएको थियो। ट्वीटर कार्यालय भएका भवनका घरधनी कोलम्बिया रेइटले सन्फ्रान्सिस्कोस्थित अदालतमा मुद्दा दायर गर्दै भाडा नतिरेपछि डिसेम्बर १६ मा पाँच दिनभित्र भवन खाली गर्न गरेको आग्रह पनि ट्वीटरले अस्वीकार गरेको उल्लेख गरेका छन्। 

कम्पनीमाथि चार्टर्ड उडानको पनि पैसा नतिरेको विषयमा मुद्दा दायर भएको छ। सन्फ्रान्सिस्कोको वित्तीय क्षेत्रको क्यालिफोर्निया स्ट्रिटमा रहेको हार्टफोर्ड बिल्डिङको ३० औं तलामा ट्वीटरको कार्यालय छ। यद्यपि यो कार्यालय ट्वीटरको मुख्यालय भने होइन।

यस विषयमा ट्वीटरले भने कुनै पनि आधिकारिक वक्तव्य भने जारी गरेको छैन।
 

विशेष