News

एमाले–माओवादी विरुद्ध मोर्चा कस्दै देउवा, माधव र उपेन्द्रको पनि साथ

एमाले–माओवादी विरुद्ध मोर्चा कस्दै देउवा, माधव र उपेन्द्रको पनि साथ

सभामुख निर्वाचनको मनोनयनको तयारी हुँदै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफललाई तिव्र पारेका छन्। आज हुने सभामुखको निर्वाचनमा शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव मिलेर ओली–प्रचण्डलाई टक्कर दिने तयारी छ।

देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । सभामुख निर्वाचनका लागि आज दिउँसो मनोनयन हुनेछ । कांग्रेसले सभामुखमा उम्मेदवार बनाउनेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएकै बेला देउवालाई भेट्न माधव नेपाल र उपेन्द्र यादव समेत धुम्बाराहीमा पुगेका हुन् ।

सत्ता गठबन्धनमा जसपालाई सम्मानजनक भाग नदिइएपछि उपेन्द्र यादवले सरकारमा सहभागिता जनाएका छैनन् । उनले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक समेत बहिस्कार गरेका थिए ।

कांग्रेसले गठबन्धनबाट जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतलाई आफूतिर तान्न खोजिरहेको छ । राष्ट्रपति चुनावलाई समेत मध्यनजर गरेर कांग्रेसले आफ्नो गठबन्धन बलियो बनाउन खोजेको हो । माधव नेपाल र उपेन्द्रसँगको छलफलपछि कांग्रेस पदाधिकारी बैठक बस्दैछ । 
 

विशेष