सभामुखको निर्वाचनमा किन अनुपस्थित भए यी ६ सांसद ?
![सभामुखको निर्वाचनमा किन अनुपस्थित भए यी ६ सांसद ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/paratinidhi-sava.jpg)
विहिवार भएको प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा ६ जना सांसद अनुपस्थित भएका छन् ।
२७५ सदस्य रहेको प्रतिनिधि सभामा २६८ जना उपस्थित थिए। मतदान प्रक्रियामा सहभागी नभएका ७ जनामध्ये राप्रपाका सांसद सभाध्यक्षको भूमिकामा थिए। यस्तै अन्य अनुपस्थित हुने सांसदहरूमा नेपाली कांग्रेसका ३ जना, माओवादी केन्द्र र नेकपा एमालेका १–१ जना थिए।
माओवादी केन्द्रका वर्षमान पुन अस्पतालमा उपचाररत छन् भने नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र कांग्रेसका बिनाकुमारी थनैत, मनोरमा शेरचन र सपना राज भण्डारी अनुपस्थित रहे।
सभामुदमा भने नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। सत्तारुढ दलका साझा उम्मेदवार घिमिरेले १६७ मत प्राप्त गरे भने कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरेकी थिइन्।