News

राजेन्द्र लिङदेन उपप्रधानमन्त्री भएको थाहा पाउन कमल थापालाई तीन दिन लाग्यो 

राजेन्द्र लिङदेन उपप्रधानमन्त्री भएको थाहा पाउन कमल थापालाई तीन दिन लाग्यो 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन बधाई दिएका छन् । लिङ्देन उपप्रधानमन्त्री नियुक्त भएको तेस्रो दिनमा उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

आफ्नो पूर्वपार्टी राप्रपाका अध्यक्षसमेत रहेका लिङदेनलाई वधाई दिदै उनले भनेका छन्–‘केही असहमति, मतभिन्नता र केही चित्त दुखाइका बाबजुद मैले धेरै आडभरोसा र विश्वास गरेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देशको उपप्रधानमन्त्रीजस्तो गरीमामय पदमा नियुक्त हुनुभएकोमा खुशी लागेको छ।’

थापाले राप्रपाबाट मन्त्री र राज्यमन्त्री नियुक्त भएका विक्रम पाण्डे, धु्रवबहादुर प्रधान र दिपक सिंहलाई पनि बधाइ र शुभकामना दिएका छन् । लिङदेन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन्।

उनलाई माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा शपथ खुवाएकी थिईन। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको अहिलेको सरकारमा उपप्रधानमन्त्री ४ जना छन्।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत पुस ११ मा उपप्रधानमन्त्री नियुक्त भइसकेका थिए।

श्रेष्ठ भौतिक योजना तथा यातायात मन्त्री, पौडेल अर्थमन्त्री र लामिछाने गृहमन्त्री छन्। 
 

विशेष