News

सोविता गौतम उपसभामुख हुने पक्का

सोविता गौतम उपसभामुख हुने पक्का

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम उपसभामुख हुने पक्का जस्तै भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटपछि भेट भएपछि उनको उम्मेदवारी फिक्स भएको हो।

छलफलमा ओलीले गौतमलाई भोलिको लागि तयार रहन भनेका थिए । यद्यपी, रास्वपाले उपसभामुख पाएपछि औपचारिक रुपमा उम्मेदवार टुंग्याएको छैन । उपसभामुखको उम्मेदवार छान्न भोलि बिहान संसदीय दलको बैठक बोलाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कसलाई उम्मेदवार बनाउने भन्ने शुक्रबार टुंग्याउने बताए। ‘उपसभामुख हाम्रो पार्टीले नै पाउने सहमति छ। सभामुख पुरूष हुन्छन् कि महिला हुन्छन् भन्ने थियो। आज पुरूष सभामुख भएपछि उपसभामुखको लागि महिला उम्मेदवार छान्नुपर्ने हुन्छ,’ उनले भने। 

शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठकले उम्मेदवार तय गर्ने उनले बताए। तर, प्रधानमन्त्री दाहाल र ओलीसँग भेटेपछि उपसभामुखमा गौतम पक्का भएको हो ।

उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् । 
 

विशेष