News

प्रेमिकासँग खटपट भएपछि गुरुङले आफैलाई आगो लगाए !

प्रेमिकासँग खटपट भएपछि गुरुङले आफैलाई आगो लगाए !

काठमाडौंमा विहिवार एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाए। सुन्धारास्थित सिभिल मलको भुईं तलामा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका २९ वर्षीय विशान गुरुङले आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार उनले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्की आगो लगाएका थिए । आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए । तत्काल घट्नाको कारण जानकारीमा नआएपनि प्रेम सम्बन्धमा आएको खटपटका कारण उनले आत्मदाहको प्रयास गरेको खुलेको छ।

काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार प्रेम सम्बन्धका कारण उनले आफुलाई आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनी घाइते अवस्थामा भएकाले थप कुरा अहिले खुल्न सकेको ति अधिकारीको भनाई छ। 

घाइते गुरुङलाई उपचारका लागि सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ । उनको अनुहार र शरीरका विभिन्न भाग आगोले जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

आत्मदाह

विशेष