News

राष्ट्रपति निर्वाचनमा प्रचण्डले गठबन्धनमा गद्दारी गर्ने देउवाको आश

राष्ट्रपति निर्वाचनमा प्रचण्डले गठबन्धनमा गद्दारी गर्ने देउवाको आश

जनता समाजवादी पार्टीलाई समेत विपक्षी दलको बैठकमा सहभागी गराएर बुधबार कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानलेलाई अगाडि सार्यो। यद्यपी सत्ता गठन्धनका उम्मेदवारलाई पराजित गर्ने विश्वास उसलाई बुधबार साँझसम्म लागेको छैन ।

सभामुखमा उम्मेदवारी दिए पनि कांग्रेसको लक्ष्य भने राष्ट्रपति हो । बुधबार सभामुखको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेकै उम्मेदवार राष्ट्रपति बनेर शीतल निवास पुग्ने दाबी गरे । तर उनले त्यसको आधार भने खुलाएनन्।

वर्तमान सत्ता गठबन्धन नभत्काई कांग्रेसका उम्मेदवारले सभामुख र राष्ट्रपति दुवै जित्ने सम्भावना छैन। त्यसैले सत्ता गठबन्धन भत्काएर राष्ट्रपति लिने सपना देखेको कांग्रेसको परीक्षा आज सभामुख चुनावमै हुनेछ। 

बुधबार सभामुखको उम्मेदवारीबारे निर्णय लिनुअघि कांग्रेसले सरकारमा नगएका दलहरूको मत बुझ्ने प्रयास गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा वसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समामुखभन्दा पनि राष्ट्रपतिमा जोड दिनुपर्ने कुरा नेता रामचन्द्र पौडेलले राखे ।

राष्ट्रपतिमा अप्ठेरो नहुने वातावरणका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर सभामुखमा उम्मेदवार बनाउने/नबनाउने निर्णय गर्नुपर्ने कुरा राखेको एक पदाधिकारीले जानकारी दिए । तर, कांग्रेसले बालुवाटरबाट ग्रिन सिग्नल पाएको छैन। 

बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले विपक्षी गठबन्धन बलियो बनाउने निर्णय ग-यो । चुनावअघिको गठबन्धन भत्काएर एमालेलगायतको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रधानमन्त्री भए पनि अप्रत्यासित रूपमा कांग्रेसले उनको सरकारलाई विश्वासको मत दियो । कांग्रेसले सरकारलाई विश्वासको मत दिएर दाहाललाई एमालेसँगको सम्बन्धबाट अलग बनाएर आफ्नो कित्तामा ल्याउने रणनीतिको पहिलो कदम त्यस दिन चालेको थियो । 

कांग्रेसले विश्वासको मत दिएर संसद्मा दाहालका अगाडि प्रतिपक्षीबिहीन संसद् बनाइदिए पनि माओवादीले त्यसको ‘गुन’ तिरेको छैन । त्यो गुन तिर्ने दिन सभामुखको चुनावमा आउँदै छ । तर बुधबार अबेरसम्म माओवादीले कांग्रेस उम्मेदवारलाई मत दिने कुनै सम्भावना देखिएको छैन ।

माओवादीकै सांसद हितराज पाण्डे समर्थक बसेर एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दिएका छन् । आफैँले समर्थन दिएको उम्मेदवारविरुद्ध माओवादीले मत दिने कतैबाट पनि सम्भावना छैन ।

तर पनि कांग्रेसले अझै माओवादीसँग आस गरेको छ । उसको आस सभामुखभन्दा राष्ट्रपतिका लागि हो । त्यसैले बुधबार संसद् भवनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति बनेर शीतल निवास जाने बताएका हुन् । 

विशेष