News

जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई भेटेर प्रचण्डले के भने ?

जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई भेटेर प्रचण्डले के भने ?

प्रधानमन्त्री पुष्पकमल दाहालले यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले परिवारका सदस्यसँग भेटघाट गरेका हुन। 

शव पहिचानको स्थितिबारे जानकारी लिन महाराजगञ्ज पुगेका दाहालले त्यसबारे काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेका छन्।

प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन्। त्यस क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट गरे।

परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए।

माघ १ गते काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुन सकेको छैन । 
 

विशेष