News

राष्ट्रपति फकाउन बालुवाटार पुगे रामचन्द्र पौडेल

राष्ट्रपति फकाउन बालुवाटार पुगे रामचन्द्र पौडेल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँनु अगाडि दुवै नेताबीच भेटघाट भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाइ भेट्न नेता पौडेल बालुवाटार पुगेका थिए। आजसत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ।

सभामुखको निर्वाचनअघि नेता पौडेलले प्रधानमन्त्रीलाई भेट्नु अर्थपूर्ण रूपमा लिइएको छ। कांग्रेसले नेकपा माओवादीलाई गठबन्धनबाट छुट्याउन हरसम्भव प्रयास गरिरहेको छ। यसो हुँदा सभामुख र राष्ट्रपति दुवै हात पार्न सकिने कांग्रेसको योजना छ।

यही योजना अनुसार कांग्रेसले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। संसदलाई प्रतिपक्षी विहिन वनाएर दाहाललाई सहयोग गरेको कांग्रेसले त्यसको वदलामा सभामुख र राष्ट्रपति निर्वाचनमा माओवादीले तिर्ने आशा गरेको छ।

माओवादी गठबन्धनबाट अलग हुने अवस्था आए कांग्रेसको भागमा पर्ने राष्ट्रपतिमा आफु अगाडि सर्ने योजनामा नेता पौडेल देखिएका छन्। सोही योजना अनुसार उनी प्रधानमन्त्री दाहाललाई फकाउन बालुवाटार पुगेको विश्लेषकहरु बताउँछन्।

विशेष