News

राजनीतिक संयन्त्र बनाएर ओलीले प्रधानमन्त्रीलाई पिँजडामा थुन्न खोजेको आरोप

राजनीतिक संयन्त्र बनाएर ओलीले प्रधानमन्त्रीलाई पिँजडामा थुन्न खोजेको आरोप

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा थुन्न खोजेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारमा ईश्वरी देवी न्यौपानेलाई प्रस्ताव गर्ने क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आरोप लगाएका हुन। प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने क्रममा कांग्रेसले पनि बिश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले माछा जालमा पारेर ढोक्सामा हाल्ने चाल चालेको त हैन ? भन्दै प्रश्न गरेका थिए।

सोही प्रश्नको जवाफ दिदै शर्माले माछा जालमा पार्ने कांग्रेसको कुनै सोचाई नरहेको उल्लेख गरे । उनले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने जानकारी गराए । बरू एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई काम गर्न नदिन पिजडा बनाउन खोजेको आरोप लगाए । 

केपी ओली प्रधानमन्त्री भएको बेला त्यस्तै संयन्त्र बनाउ भन्दा  संविधानले नचिन्ने संयन्त्र मान्दिन भन्ने तर अहिले आएर किन त्यही संयन्त्र बनाउनुपरेको भन्दै प्रश्न गरे । ‘०७४ सालमा हामीले उच्चस्तरिय संयन्त्र बनाऔं भन्दा यसलाई संविधानले नै चिन्दैन भन्नुभयो, तर अहिले तपाईं त्यही उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक हुनुुहन्छ’ उनले भने–‘संविधानले नचिन्ने यो संयन्त्रको संयोजक किन बन्नुभयो? देशका प्रधानमन्त्रीलाई पिँजडामा पार्न?’
 

विशेष