News

संसदमा ज्ञानेन्द्र शाही: कोटमाथिको संसदको चिन्हलाई हेरेर गौरव गर्नुपर्ने कारण छैन

संसदमा ज्ञानेन्द्र शाही: कोटमाथिको संसदको चिन्हलाई हेरेर गौरव गर्नुपर्ने कारण छैन

राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले ०४७ सालपछि उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने वताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै शाहीले यहि सदनले भ्रष्टाचारको छानविन गर्नु पर्ने वताए । अहिले पनि भ्रष्टाचारका कुरा धेरै गरिए पनि काम गरेर देखाउनुपर्ने बताएका शाहीले ‘०४७ सालदेखि अहिलेसम्म उच्च ओहदामा बसेका सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानविन यही सदनबाट गर्नका लागि सभामुखले सहयोग गर्नुहुनेछ भन्ने आशा गर्छु’ भने।

वर्तमान संविधानको काम नभएको पनि उनले बताए । ‘आज हामीले बनाएको संविधान जनताका दैनिक जीवनसँग जोडिए कि जोडिएनन् ? यो सदनभित्र वाइडबडी, एनसेल, मेलम्चीजस्ता भ्रष्टाचारका काण्डमा अघिल्ला सभामुखले कुरा उठाएकी उठाएनन् ? यो विषयबस्तु बनेको छ’, शाहीले प्रश्न गर्दै भने, ‘आज हामी सदनमा आइरहँदा हामीजस्ता हजारौ युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । सरकार प्रमुख र माननीयहरुले लगाएको कोटमाथिको संसदको चिन्हलाई पनि हेरेर गौरव गर्नुपर्ने त्यति धेरै कारण देख्दिनँ ।’

विशेष