News

जिउँदो शिशुलाई मृत घोषणा गर्ने डाक्टरलाई अस्पतालले कामबाट गलहत्यायो

जिउँदो शिशुलाई मृत घोषणा गर्ने डाक्टरलाई अस्पतालले कामबाट गलहत्यायो

जिउँदो शिशुलाई मृत घोषणा गर्ने डाक्टरलाई काम गर्न रोक लगाई घटनाको छानबिन सुरु गरिएको छ। विराटनगर स्थित कोसी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले उपचाररत जिवित शिशुलाई मृत घोषित गरेका थिए ।

बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि बुधबार जहदा गाउँपालिका–३ घर भई विराटनगर १० माइती घर बस्दै आएकी उमादेवी मुखिया र उनका श्रीमान दिपिल मुखियाले १९ दिने नवजात शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । अस्पताल पु¥याएको केही समयपछि डा. आकाश यादवको टोलीले मृत घोषित गरेको थियो ।

इमरजेन्सी वार्डमा भर्ना गरिएको शिशुको राम्ररी चेकजाँच नै नगरी वच्चा मरिसकेकाले घर लैजान भनेपछि आफन्तको रुवावासी चलेको थियो। पछि बच्चाले हाटखुट्टा चलाएपछि वच्चा जिवितै रहेको थाहा पाएर आफन्तले गोल्डेन अस्पताल भर्ना गरेका थिए । अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले मृत घोषित गरेको शिशु जिउँदै रहेको पाएपछि शिशुका आफन्तले कोसी अस्पतालमा आएर उपचारमा खटिएका चिकित्सकमाथि हातपात गरेका थिए । उपचारमा लापरवाही गरेको गुनासो आएपछि अस्पतालले छानबिनका लागि बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल छन्। अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा. आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको बताए । बुधबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म इमर्जेन्सी वार्डमा डा. यादव र अहेबद्वय माझी र भण्डारी ड्युटीमा थिए । 
 

विशेष