News

माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नु नपर्ने हो ?

माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नु नपर्ने हो ?

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सुमेरु अस्पतालबाट डिस्चार्ज भएका छन्। कलेजोमा समस्याका कारण सुमेरू अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो।

पुनको सचिवालयका अनुसार उनको उपचारमा संलग्न चिकित्सक युवराज शर्माले स्थिति जटिल बनेपछि कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए।

स्वास्थ्यमा सुधार भएपछि प्रत्यारोपण गर्नुपर्ने जरूरी नदेखिएको बताइएको छ। तर, उनी चिकित्सकको निगरानीमै रहने छन्। चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् ।

वंशाणुगत जन्डिसका कारण पीडित रहेका नेता पुन माघी मनाउनका लागि रोल्पा पुगेका थिए। सोही समयमा स्वास्थ्यमा समस्या देखिएपछि गत शनिवार हेलिकप्टरोमार्फत उनलाई काठमाडौं ल्याइएको थियो । 
 

विशेष