News

तेस्रो पटक फुटको संघारमा जसपाः उपेन्द्र माधबतिर, अशोक राई ओलीतिर

तेस्रो पटक फुटको संघारमा जसपाः उपेन्द्र माधबतिर, अशोक राई ओलीतिर

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा दुई नेताबीच टकराव सुरु भएको छ। संघीय परिषद् अध्यक्ष अशोक राई र अध्यक्ष यादवबीच टकराव सुरु भएको हो।

चुनावलगत्तै दुईजनाको बीचमा सुरु भएको मनमुटाव अहिले पार्टीको बैठकहरुमा देखिन थालेको छ । मंसिर ४ को निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेको जसपाको अध्यक्ष यादव चुनावमा हारेपछि उनी एमाले अध्यपक्ष ओलीसँग रुष्ट भएका थिए।

त्यसैले उनले ओलीसँगको सम्वन्ध सिद्याउन चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको बताए। तर, संघीय परिषद अध्यक्ष रार्ईले एमालेसँगको गठबन्धन कायम रहेको प्रतिक्रिया दिएका थिए । त्यहींबाट यी दुइको मनमुटाव सुरु भएको थियो । अशोक रार्ई र उपेन्द्र यादव काठमाडौँ फर्के पनि दुबैबीच सुमधुर सम्वन्ध छैन।

त्यसको असर संसदीय दलको नेता चयनमा देखियो ।  पार्टीमा सबैभन्दा सिनियर नेता भएको कारण आफू संसदीय दलको नेता बन्नेमा अशोक रार्ई ढुक्क थिए। तर अध्यक्ष यादवले बाराका सांसद रामसहाय यादवलाई संसदीय दलका नेता बनाए । 

त्यसपछि दुवैजनाको दुरी झनै बढ्यो ।  अशोक रार्ई पक्षका नेता तथा कार्यकर्ताहरुले यसको विरोध गर्न थाले । सामाजिक सञ्जालमा पार्टी नेतृत्वको विरुद्धमा जथाभावी लेख्न थाले । तर त्यो असन्तुष्टि अझै कायम छ । माघ ३ गते बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीको आलोचना गरेका थिए । जसपालाई भागबण्डाबाट अलग राख्ने काम अध्यक्ष ओलीले गरेको, जसपाको कुरा समेत गर्न नमान्ने जस्ता कुरा अध्यक्ष यादवले राखेपछि पार्टीका अधिकांश सांसदले सरकारबाट समर्थन फिर्ता लिनुपर्ने सुझाएका थिए । 

तर, त्यसलाई तत्काल रोक्ने काम अध्यक्ष रार्ईले गरे । उनी एमालेसँगको गठबन्धन तोड्न नहुने पक्षमा छन् । उनले एमालेसँग गठबन्धन गरेर जसपालाई कुनै घाटा नलागेको धारणा पार्टीमा राख्दै आएका छन् । उनकै दबाबका कारण जसपा सरकारबाट समर्थन फिर्ता लिन सकेन ।  तर त्यो कुरामा अध्यक्ष यादवको चित्त बुझेको छैन । उनले काँग्रेससँग नयाँ गठबन्धन बनाउनु पर्ने पक्षमा जोड दिएका छन् भने नेकपा एकीकृत समाजवादीसँग एकता प्रक्रिया अगाडि बढाएका छन्।

यादवको यो प्रयास रार्ईलाई मन परेको छैन । त्यस्तै, यो एकताको विषयलाई एमाले अध्यक्ष ओलीले पनि मन पराएका छैनन् ।  एस र जसपाको एकता प्रक्रिया सुरु भएपछि एमाले अध्यक्ष ओली जसपा अध्यक्ष यादवबाट बिच्किएका थिए । 

अध्यक्ष ओली र अध्यक्ष रार्ईबीच हिमचिम अगाडि बढिरहेको छ । अशोक रार्ईले एमाले छाडेको १० वर्ष भइसक्यो तर ओलीले अझै पनि उनी आफ्नै पार्टीको उपाध्यक्ष रहेको भन्दै आएका छन् । अशोक राई पार्टीको संसदीय दलका नेता नबनेपछि उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने सोचमा थिए । तर उपप्रधानमन्त्री नदिएपछि उनी आफ्नो श्रीमतीलाई मन्त्री बनाउने दाउमा थिए । अहिले उनले जुनसुकै मन्त्रालय दिए, त्यो लिएर जसपा सरकारमा जानुपर्छ भन्ने लाइनमा छन् । र, पार्टीमा पनि त्यही अनुसारको विचार व्यक्त गरिरहेका छन् । 

यो टकरावले जसपा फेरी एक पटक फुटको संघारमा पुगेको छ। वर्ष दिन पहिले मात्र उपेन्द्र यादव र महन्थ ठाकुरबीच आन्तरिक विवाद हुँदा जसपा विभाजन भई लोसपा भएको थियो । त्यसपछि उपेन्द्र यादव र डा.बाबुराम भट्टरार्ईबीच पनि आन्तरिक विवाद भएपछि जसपा पुनः विभाजन भयो ।  अहिले फेरि जसपाका नेताहरुको दुरी वढेपछि नेता/कार्यकर्ता चिन्तित भएका छन्।

विशेष