News खेल

मेस्सी र रोनाल्डोको भिडन्तमा पिएसजीको जित, प्लेयरअफ अफ दि म्याच भए रोनाल्डो 

मेस्सी र रोनाल्डोको भिडन्तमा पिएसजीको जित, प्लेयरअफ अफ दि म्याच भए रोनाल्डो 

विश्व फुटबलका हस्ती लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीच विहिवार भएको भिडन्तमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ। 

बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच भएको निकै रोमाञ्चक मैत्रीपूर्ण खेलमा अधिकांश समय १० खेलाडीमा खेलेको फ्रान्सेली टोली पिएसजीले ५–४ को जित निकालेको हो।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक–एक गोल गरेका थिए। साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक–एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै लिओनेल मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। नेयमारको पासमा मेसीको प्रहार साउदी अरेबियाका गोलकिपर मोहम्मद अल ओवाइसले रोक्न सकेनन्। खेलको ३४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पाएको पेनाल्टीलाई उनले टप कर्नरमा गोल गरे।

रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केहि मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो। अल स्टार्सका खेलाडीलाई काउन्टर अट्याक बलमा लडाएपछि जुआनलाई कतारी रेफ्री अब्दुल्रहमान अल जासिमले सिधै रातो कार्डको देखाएका थिए।

कप्तान मार्किन्हसले खेलको ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। उनलाई केलियन एम्बाप्पेले पास दिएका थिए। १० खेलाडी भए पनि पिएसजीले अग्रता बढाउने मौका गुमायो।

त्यसको केही मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए। दोस्रो हाफको सुरूवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो। खेलको ५३औं मिनेटमा पिएसजीले तेस्रो पटक अग्रता बनायो। केलियन एम्बाप्पेले बक्स भित्रबाट मिलाएको पासलाई रक्षक रामोसले सहजै फिनिसिङ गरेका थिए। तर त्यसको तीन मिनेटमै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।

त्यसको केही समयमै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत अग्रता दिलाए। मेसीको प्रहार अली अल बुलायहीले हातले रोकेपछि पिएसजीले पेनाल्टी पाएको थियो। एम्बाप्पेको स्थानमा मैदान छिरेका युवा फरवार्ड ह्युगो एकिटिकेले ७८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई ३–५ को अग्रतामा पु¥याए। 

तर इन्ज्युरी समयको अन्त्यमा रियादका एन्डरसन टालिस्काले गोल गर्दै खेललाई ४–५ को स्थितिमा पु¥याए। यद्यपि हारबाट जोगाउन सकेनन्। फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ। टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो। रोनाल्डो विश्वकपपछि कीर्तिमानी मुल्यमा साउदी अरेबियन क्लब अल नासर अनुबन्ध भएका छन्।

मैत्रीपूर्ण खेलको प्लेयरअफ अफ दि म्याच २ गोल गरेका रोनाल्डो नै भए।  

विशेष