News

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि मगर गठबन्धनको आधिकारीक उम्मेदवार भएकी हुन। यसअघि सोविता गौतमलाई उपसभामुख बनाउने चर्चा चलेपनि पार्टीले मगरलाई उम्मेदवार वनाउने निर्णय गरेको हो।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ । 
 

विशेष