News

एनजीओकर्मी सांसदका कारण चकनाचुर भयो सोविताको उपसभामुख बन्ने सपना

एनजीओकर्मी सांसदका कारण चकनाचुर भयो सोविताको उपसभामुख बन्ने सपना

प्रत्यक्ष निर्वाचित सांसद सोविता गौतमलाई छोडेर एनजिओकर्मी सांसद इन्दिरा राना मगरलाई उपसभामुख वनाउने निर्णय गरेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आलोचनामा परेको छ।

शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार वनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको हो ।

सोहीअनुसार आज रानाले उम्मेदवारी दर्ता गराउँदैछिन् । सोविता उनको प्रश्तावक वसेकी छिन् । सोविता काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् भने राना भने एनजीओकर्मी पृष्ठभूमिकी हुन् ।

रानाको नाम पार्टीले अगाडि सारेपछि गौतमको उपसभामुख बन्ने सपना चकनाचुर भएको छ । सत्ता साझेदार दलमा भएको भागबण्डाको समयदेखि नै उपसभामुखको बन्ने चर्चामा रहेकी उनलाई पार्टीले अन्तिम समयमा उम्मेदवार बन्न दिएन।

उनले निकटस्थसँग समेत आफू उपसभामुख बन्न लागेको बताउँदै आएकी थिइन् भने कतिपयबाट आउने बधाईसमेत स्वीकार गर्न थालिसकेकी थिइन् ।

विशेष