News

जिपिएसमा समस्या भएपछि मलेसियाबाट आएको न्यारोबडी कोलकाता डाइभर्ट

जिपिएसमा समस्या भएपछि मलेसियाबाट आएको न्यारोबडी कोलकाता डाइभर्ट

मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको छ। जिपिएसमा समस्या देखिएका उक्त विमान कोलकाता डाईभर्ट भएको खुलेको छ।

न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि जिपिएसको समस्या भएपछि विमान कोलकाता डाइभर्ट गरिएको जनाईएको छ। मलेसियाबाट फर्कने क्रममा उक्त न्यारोबडीमा उपलब्ध दुई जिपिएसमध्ये एक जिपिएसले काम गरेको थिएन । 

शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो । तर चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेको खुलेको छ।

काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको उक्त विमानमा दुई सेट (चार जना) पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड रहेको जनाईएको छ। 
 

विशेष