News खेल

सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत, लेखे यस्तो स्ट्याटस

सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत, लेखे यस्तो स्ट्याटस

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफनो सामाजिक सञ्जाल ट्वीटरको ‘वायो’ परिवर्तन गरेपछि क्रिकेट छोड्न लागेको संकेत मिलेको हो। 

उनले आफ्नो ट्वीटरको बायोमा ‘राष्ट्रिय क्रिकेट खेलाडी’ भनेर राखेका थिए। अहिले उक्त वायो हटाएर ‘एण्ड द स्टोरी इन्डस हियर’ भनेर राखेका छन् ।

यो वायो परिवर्तनले लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको संकेत देखिएको छ।

बिहीबार मात्र क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाउने कुनै योजना नभएको बताएको थियो । सन्दीप अहिले बालिका बलात्कारको मुद्दा खेपिरहेका छन् । पुर्पक्षका लागि कारागारमा रहेका सन्दीपलाई उच्च अदालतले ५ सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गरेको थियो।

विशेष