News

प्रधानमन्त्रीले सचिवालयमा नियुक्त गरे ७ जना कर्मचारी

प्रधानमन्त्रीले सचिवालयमा नियुक्त गरे ७ जना कर्मचारी

प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरेका छन् । उनिहरुलाई बिहीबार नियुक्ति पत्र दिइएको छ।

दाहालको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन्। निजामतीतर्फबाट स्वकिय सचिवमा नवराज ढुंगाना र सहसचिवमा गोकर्ण भट्ट नियुक्त भएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मालाई नियुक्त गरेका छन् ।

प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञ लगायत क्षेत्रमा कसैलाई नियूक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले  बताए ।

प्रधानमन्त्रीले सचिवालयलाई कर्मचारी भर्ती केन्द्र बनाउने भन्दा पनि आवश्यक भएका कर्मचारीलाई मात्रै राखेर सचिवालय चुस्त दुरुस्त बनाउने बताएका छन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस ११ गते सपथ लिएका थिए । 
 

विशेष