News

आत्मियताका नाममा महिला नेतृलाई चेली नभन्न सुमना श्रेष्ठको चेतावनी

आत्मियताका नाममा महिला नेतृलाई चेली नभन्न सुमना श्रेष्ठको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न चेतावनी दिएकी छिन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘महिलालाई चेली भनेझै पुरुषलाई चेलो भन्ने’ भन्दै प्रश्न गरिन। ‘यो सदनमा धेरै चोटी सुनियो चेली’ श्रेष्ठ भनिन्–‘महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’

आफूले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको नसुनेको भन्दै उनले महिलाहरुलाई पनि चेली नभन्न आग्रह गरिन् । ‘कृपया मेरो आह्वान छ, महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस्’ सांसद श्रेष्ठले भनिन्, –‘यदि आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो । ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् ।’
 

सुमना श्रेष्ठ

विशेष