News

सिके राउतको दोहोरो चरित्र, मधेशका शहिदको अपमान गर्नेलाई मत 

सिके राउतको दोहोरो चरित्र, मधेशका शहिदको अपमान गर्नेलाई मत 

राष्ट्रिय जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले दोहोरो चरित्र देखाएका छन्। पछिल्लो समय मधेस आन्दोलनको अगुवाई गर्ने नेताको रुपमा देखिएका राउतले आफ्नो संसदीय राजनीतिको सुरुवातमा नै दोहोरो चरित्र देखाउन थालेका हुन्। 

एकातिर डा. राउतले परम्परागत राजनीतिक दलहरुको आलोचना गरिरहेका छन भने अर्कोतर्फ तिनै परम्परागत राजनीतिक दलहरुकै सिको गरिरहेका छन्। राउतले बिहीबार सभामुखको निर्वाचनअघि संसद्लाई सम्बोधन गर्दै मधेस आन्दोलनका शहिदहरुको सम्झनामा रोष्ट्रममा नै उभिएर मौन धारण गरे। 

राउतको आह्वानमा नेपाली कांग्रेससहित अन्य मधेसवादी दलहरुले उठेर मधेस आन्दोलनका शहिदहरुलाई सम्मान व्यक्त गरे। तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु भने वसेको ठाउँबाट उठेनन। उनिहरुले मधेस आन्दोलनका शहिदहरुको अपमान गरे। 

सभामुखमा निर्वाचित देवराज घिमिरेसमेतले मधेश आन्दोलनका शहिदहरुप्रति सम्मान व्यक्त गर्न सकेनन् र अपमान गरे। तर, डा. राउतले भने तिनै घिमिरेलाई मतदान गरे र सभामुखमा विजयी बनाए। 

त्यसैगरी उनै राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि विश्वासको मत दिएका थिए। अध्यक्ष दाहाल आफैं १० वर्ष सशस्त्र आन्दोलनको नेतृत्व गर्दै आएका नेता हुँदाहुँदै पनि मधेस आन्दोलनका शहिदहरुको भने अपमान गरेका हुन्। 

यसरी मधेस आन्दोलनलाई अपमान गर्ने र मधेसी दलहरुलाई बेवास्ता गर्ने दल र नेताहरुलाई गाली गर्ने र उनीहरुलाई नै समर्थन गर्ने राउतको दोहोरो चरित्र देखिएको छ। जसका कारण राउतप्रतिको आक्रोश बढ्दै गएको छ।
 

विशेष