News

उपसभामुखमा भिड्दै इन्दिरा र मुक्ताकुमारी, इन्दिराको पल्ला भारी

उपसभामुखमा भिड्दै इन्दिरा र मुक्ताकुमारी, इन्दिराको पल्ला भारी

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदै छ। त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। 

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदै छ। त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। 

यसै बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ ।

७ दलिय गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन् । उनिहरुले शुक्रबार नै उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएका हुन।

चर्चित सामाजिक अभियन्तासमेत रहेकी राना मगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

यसैगरी, कांग्रेसकी समानुपातिक सांसद मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।

अहिलेसम्म सभामुखमा देवराज घिमिरेको समर्थनमा उभिएका दलहरुको संख्याका आधारमा उपसभामुखमा रानामगरको जित निश्चित छ। रानामगरको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्रब पार्टी (रास्वपा) का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्। यस्तै स्वतन्त्र तीन सांसदले पनि उनलाई नै साथ दिने सम्भावना छ। यस्तो हुँदा रानामगरको पक्षमा १६९ सांसद हुनेछन्। 

कांग्रेसबाट उसभामुखकी उम्मेदवार यादवको पक्षमा अहिलेसम्मको अवस्थामा बहुमत पुग्ने सम्भानाव छैन। यादवको पक्षमा नेपाली कांग्रेसका ८८ एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४  सांसद मात्रै हुँदा सभामुखमा जस्तै पराजय हुने अवस्था छ। 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।

तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए । 
 

विशेष