News

जनविरोधी काम गर्न थालेपछि कार्यालयमै थुनिए जनप्रतिनिधि

जनविरोधी काम गर्न थालेपछि कार्यालयमै थुनिए जनप्रतिनिधि

नागरिकको इच्छा विपरितका काम गर्न थालेपछि भोजपुरको एउटा स्थानीय तहका जनप्रतिनिधिलाई सर्वसाधारणले कार्यालय भित्रै थुनेका छन् ।

भोजपुरको अरूण गाउँपालिकाको केन्द्रका लागि जग्गा छनौट गर्ने निर्णय भएपछि विवाद भएको थियो। निर्णयपछि सर्वसाधारणले गाउँपालिका अध्यक्ष सालिकराम खत्री ,उपाध्यक्ष विनिता ढकाल लगायत सदस्यलाई कार्यालयभित्र थुनिदिएका हुन। 

शुक्रबार बसेको कार्यपालिका बैठकले सर्वसम्मत निर्णय हुन नसकेपछि बहुमतको आधारमा अरूण गाउँपालिकाको कार्यालयका लागि जग्गा छनौट गरिएको थियो ।

गाउँपालिकको केन्द्र प्याउली बजार भन्दा २ किलोमिटर टाढा मराङडाडामा हुनेभएपछि स्थानीय बजारबासी आक्रोशित भएका थिए। कार्यपालिकाको बहुमतको निर्णय भएकोमा बजारवासीले विरोध गर्दै तालाबन्दी गरेको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताइन् ।

स्थानीय प्याउली बजारवासी पुर्ण श्रेष्ठले भने गाउँपालिकाका जनप्रतिनिधि प्रभाव र दवावमा परेर गलत निर्णय गरेका कारण विरोध स्वरूप तालाबन्दी गरेको बताए । निर्णय तत्काल नसच्याए अझ सशक्त आन्दोलन गरिने उनले बताएका छन्।

अरूण गाउँपालिका

विशेष