News

कम्बोडियामा १२ तलाबाट हामफालेर ज्यान गुमाएका निराकारको शव घर पुग्यो

कम्बोडियामा १२ तलाबाट हामफालेर ज्यान गुमाएका निराकारको शव घर पुग्यो

कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको शव शनिबार झापा पुर्याईएको छ। पाण्डेको शव विर्तामोड नगरपालिका–१ स्थित उनको निवासमा पुर्याईएको छ।

शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो विर्तामोडस्थित निवासमा पु¥याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको बेला गत पुस १४ गते राति भएको भीषण आगलागीमा परेका थिए।

ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो ।

मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।

कनकाइ माईमा पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ । 
 

विशेष