News

उपसभामुख इन्दिरा रानामगरद्वारा पदभार ग्रहण

उपसभामुख इन्दिरा रानामगरद्वारा पदभार ग्रहण

उपसभामुख इन्दिरा रानामगरले सोमवार पदभार ग्रहण गरेकी छन् । संसद् सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएपछि पदभार ग्रहण गरेकी हुन् ।

रानाले संवैधानिक परिषद्का सदस्यका रूपमा निर्णायक भूमिका खेल्ने र सभामुखको समन्वयमा विधेयक र कानुन निर्माणमा काम गर्ने बताईन। शपथग्रहणअघि रानाले राष्ट्रिय स्वतन्त्र पार्टीको सबै जिम्मेवारी परित्याग गरेकी थिइन् ।

सत्ता गठबन्धनले उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । शनिबार भएको निर्वाचनमा राना कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् ।

विशेष