News

माधव नेपालसँगको गठजोड रोक्न उपेन्द्रलाई ओलीको आदेश

माधव नेपालसँगको गठजोड रोक्न उपेन्द्रलाई ओलीको आदेश

जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको एकता प्रक्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाँजो हालेका छन्। ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बार्ताको प्रक्रिया रोक्न खवरदारी गरेका छन् ।

शनिवार भएको जसपाका अध्यक्ष यादवसँगको कुराकानीमा ओलीले एकता वार्तामा आपत्ति जनाएको जसपाका एक नेताले बताए। ओलीलाई भेटन अध्यक्ष यादव बालकोट पुगेका थिए। भेटमा एमाले अध्यक्ष ओलीले जसपा आफैंले सरकारमा सहभागी हुने वातावरण बिगारेको आरोप लगाए।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँगको एकता वार्ताकै कारण जसपालाई सरकारमा सहभागी गराउन नसकिएको जवाफ ओलीले यादवलाई दिएको जनाईएको छ। ‘सरकारमा सहभागी हुने वातावरण हुँदाहुँदै पनि तपाईंहरू आफैंले बिगार्नुभयो’ ओलीलाई उधृत गर्दै एक नेताले भने–‘एकीकृत समाजवादीसँग एकता वार्ताले तपाईंहरूलाई सरकारमा लाने वातावरण बिथोलियो।’

प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सँगै लिएर जान चाहेको भए पनि ओलीले त्यसमा आपत्ति जनाएपछि दाहाल पछि सरेका थिए। ओलीको आपत्तिका कारण सरकार निर्माणको क्रममा दाहाल माधव नेपाललाई छाडेर एक्लै बालकोट पुगेका थिए। एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबीच मिलेर सरकार बनाउने सहमति त्यहीँ बनेको थियो।
 

विशेष