News

गृहमन्त्री लामिछानेले किन बोलाए ७७ वटै सिडिओको बैठक ?

गृहमन्त्री लामिछानेले किन बोलाए ७७ वटै सिडिओको बैठक ?

गृहमन्त्री रवि लामिछानेले सोमवार विहान वस्ने गरी ७७ वटै सिडिओ र सुरक्षा प्रमुखको वैठक बोलाएका छन्। प्रहरी प्रवक्ता टेकप्रसाद राईले सुरक्षा संयन्त्रको बैठक बोलाइएको जानकारी दिए।

राईका अनुसार गृहमन्त्री लामिछानेले सुरक्षास्थितिको जानकारी लिन भर्चअल बैठक बोलाएका हुन्। बैठकमा  ७७ वटै जिल्लाका सिडिओ र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन्। 

बैठकमा शान्ति सुरक्षा र आम नागरिकले भोगेका समस्याहरुको बारेमा छलफल हुने जनाइएको छ। त्यसपछि दिउँसो २ बजे विपद् व्यवस्थापन समितिको बैठक पनि आह्वान भएको छ। विपद् व्यवस्थापनमा पनि ७७ वटै जिल्लाका सिडिओहरु हुनेछन्।
 

विशेष