News

यि युवकले किन गरे प्रधानमन्त्रीको गाडी आगाडि नै आत्मदाहको प्रयास ?

यि युवकले किन गरे प्रधानमन्त्रीको गाडी आगाडि नै आत्मदाहको प्रयास ?

नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्महत्याको प्रयास गरेका छन् । मंगलबार दिउँसो दाहाल सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका हुन् ।

इलाम पन्चकन्या ६ स्थायी घर भएका ३६ वर्षिय प्रेम प्रसाद आचार्यले तीनकुने मार्गमा मुख्य सडकमै पेट्रोल छर्केर आफुलाई आगो लगाएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा आफूलाई आगो लगाएका थिए। प्रहरीका अनुसार उनी घाइते भएका छन् ।

उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । यद्यपि घटनाको कारणबारे केही खुलेको छैन । यसबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 

विशेष